राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशमा एमाले र लोसपाबीच सहमति

नेपालभ्युज

राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशमा एमाले र लोसपाबीच सहमति

काठमाडौं । नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल बीच यही १२ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशमा एकअर्काका उम्मेदवारलाई सघाउने सहमति भएको छ।

एमालेका मधेस प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव र लोसपाका प्रदेश समिति अध्यक्ष जीतेन्द्र सोनलबीच आज उक्त सहमतिपत्रमा हस्ताक्षर भएको उनीहरूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारीलाई ‘सूर्य’ चिह्नमा र महिलातर्फ लोसपाका उम्मेदवार रुपाकुमारी यादवलाई ‘साइकल’ चिह्नमा मतदान गर्ने सहमति भएको छ। मधेश प्रदेशका जनताको चाहना र भावनालाई ध्यानमा राखी एमाले र लोसपाबीच सहमति भएको विज्ञप्तिमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved