दर्शकबिनै प्रतियोगिता आयोजना भएको छ, क्लबको आँटलाई मान्नैपर्छ : एन्फा अध्यक्ष

नेपालभ्युज

दर्शकबिनै प्रतियोगिता आयोजना भएको छ, क्लबको आँटलाई मान्नैपर्छ : एन्फा अध्यक्ष

पोखरा। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले बिनादर्शक खेल गराउन आट्नुअति र प्रशंसनीय कार्य भएको बताएका छन्।

सहारा क्लबको आयोजनामा बिहीबारदेखि पोखरा रंगशालामा भएको आहा रारा गोल्डकपको २०औं संस्करणको उद्घाटन कार्यक्रममा शेर्पाले क्लबको आटँलाई मान्नुपर्ने बताएका हुन्। उनले मौफसलको ठूलो राशी पुरस्कार भएको प्रतियोगितामा विदेश टिम पनि समावेश हुनुले थप रौनक बढाएको बताए।

“विदेशी टिम पनि आउनुभएको छ। यसले प्रतियोगिताको गरिमा बढाएको छ,” उनले भने,”प्रतियोगिता हेर्न विदेशबाट नेपालीहरु आउनुभएको छ। तपाईहरूलाई धन्यवाद र नमन छ।”

नेपाली फुटबलको लागि उदाहरणीय र प्रशंसनीय कार्य भएको बताएका छन्। “पोखरामा बिनादर्शक खेल गराउनु उदाहरणीय र प्रशंसनीय कार्य हो,” अध्यक्ष शेर्पाले भने। कर्माले प्रतियोगितालाई एन्फाको क्यालेन्डरमा ६ महिनाअघि नै तोक्ने र प्रतियोगिता आयोजना गर्न र एकेडेमी सञ्चालनमा एन्फाले प्रत्यक्ष रूपमा सहभागिता जनाउने बताए।

हाल नेपालमा समेत कोभिड–१९ संक्रमण बढ्दै गएपछि स्थानीय सरकारले स्मार्ट लकडाउन घोषणा गरेपनि आहा गोल्ड भने बुधबारदेखि दर्शक बिनासञ्चालनमा आएको छ। प्रतियोगिता आयोजक टोलीसहित मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एपिएफ फुटबल क्लब, थ्री स्टार क्लब र भुटनीज सकर क्लबको सहभागिता छ।

आजको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २-० ले हराउँदै एपीएफले विजयी शुरुआत गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved