राप्ती प्राविधिक शिक्षालय १२ फागुनभित्र सार्न मुख्यमन्त्रीको निर्देशन

नेपालभ्युज

राप्ती प्राविधिक शिक्षालय १२ फागुनभित्र सार्न मुख्यमन्त्रीको निर्देशन

बुटवल। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले राप्ती प्राविधिक शिक्षालयलाई १२ फागनुभित्र सारीसक्न निर्देशन दिएका छन्।

राजधानी व्यवस्थापन तथा राप्ती प्राविधिक शिक्षालयको स्थानान्तरण समितिको बैठकमा केसीले लुम्बिनीको पहिलो सपना स्थायी राजधानी निर्माण गर्ने भएको बताए। उनले आफ्नो नेतृत्वमा रहेको सरकारको ऐतिहासिक एवं प्रदेशवासीलाई परिणाम दिन सकिने महत्त्वपूर्ण कार्य यो भएको उल्लेख गरे।

“प्रदेश सरकारको सपनाको एउटा आयाम हो, त्यसमा तपाईंहरू सबैले प्रदेश सरकारलाई सहयोग गर्नुहोस् तपाईंहरूको योगदान प्रदेश सरकार र प्रदेशवासीले मूल्यांकन गर्नेछ।”

उनले स्थायी राजधानी बनाउनको लागि सबैले सहयोग गर्न आग्रह गर्दै प्रदेश सरकारले आफ्नो तर्फबाट राजधानी निर्माणमा कुनै पनि कसुर वाँकी नराखी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

मुख्यमन्त्री केसीले राजधानी निर्माणका लागि राप्ती प्राविधिक शिक्षालयले छिटो प्रक्रिया अगाडि बढाइदिएमा त्यसमा ग्रामीण पर्यटन एवं पूर्वाधार मन्त्रालयले त्यसको व्यवस्थापनका लागि सबै तयार गर्ने बताए।

स्थानान्तरणका लागि राप्ती प्राविधकलाई प्रदान गरेको १० करोड रुपैयाँको कार्ययोजना बनाएर पेश गर्न प्राविधिक शिक्षालय प्रमुख शालिकराम डाँगीलाई उनले निर्देशन दिएका हुन्।

प्रदेश सभा पनि निर्माण अन्तिम चरणमा रहेको अवस्थामा शिक्षालय १२ फागुनभित्र सरेमा प्रदेश राजधानीमा मुख्यमन्त्री कार्यालय तथा अन्य मन्त्रालय जाने ढोका खुल्नेछ। मुख्यमन्त्रीमा नियुक्त भएसँगै केसीले नियमित रूपमा राजधानी सार्ने तयारीका लागि गृहकार्य गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved