आयोजकलाई हराउँदै आहारारा गोल्डकपमा एपीएफको विजयी शुरुआत

नेपालभ्युज

आयोजकलाई हराउँदै आहारारा गोल्डकपमा एपीएफको विजयी शुरुआत

पोखरा। आजदेखि शुरु २० औं आहा रारा-गोल्डकपमा आयोजक सहारा क्लबलाई २–० ले हराउँदै विभागीय टिम एपीएफले बिजयी यात्रा शुरु गरेको छ।

दर्शकबिना खेलाइएको खेलमा एपीएफको जितका लागि आवास लामिछाने र प्रदीप लामाले समान १–१ गोल गरे।

खेलको १३ औं मिनेटमा एपीएफका आवास लामिछानेले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाएका थिए। युरोपियन फुटबल खेलको अनुभव बटुलेका लामिछाने प्रतियोगिताको पहिलो गोलकर्ता पनि बनेका छन्।

खेलको शुरुवातमै १ गोलले पछि परेको पहिलो हाफको सम्पूर्ण समय दबाबमा रहेका थियो। निर्धारित पहिलो हाफमा १–० ले अग्रता लिएको एपिएफले दोस्रो हाफको पनि शुरुआतमै दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाएको थियो।

खेलको दोस्रो हाफ ५९ औं मिनेटमा एपीएफका शनिष श्रेष्ठको लामो पासलाई कन्ट्रोल गर्दै प्रदीप लामाले बललाई दोस्रो गोलमा परिणत गरेका थिए। खेलमा आवास लामिछाने म्यान अफ दी म्याच घोषित भए।

मोफसलकै चर्चित फुटबल प्रतियोगिताका रूपमा लिइएको आहारारा गोल्डकपको यस वर्षको संस्करण दर्शकबिना नै भइरहेको छ। कोरोना महामारीका कारण प्रशासनले भीडभाड गर्न रोकेकाले दर्शकबिनै प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिताको दोस्रो खेल भोलि हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ। १० वटा टिम सहभागी रहेको प्रतियोगिताको विजेताले १० लाख र उप–विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved