नेप्सेको उकालो यात्रा फेरि शुरु, नेप्से ३२.९६ अंकले बढ्यो

नेपालभ्युज

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३२ दशमलव ९६ अंकले बढेको छ। आज १३ उपसमूहमध्ये बैंकिङ र म्युचुअल फण्डबाहेक ११ उपसमूहको शेयर उकालो लाग्दै नेप्से २ हजार ९ सय ३१ दशमलव २६ विन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका २२९ ओटा धितोपत्रको ६ अर्ब ७७ करोड ३१ लाख रुपैयाँको १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर खरीदविक्री भएको छ। आज सबैभन्दा बढी मध्य भोटेकोशी जलविद्युत् कम्पनी र तेह्रथुम पावर कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ।

बजार पुन: उकालो लाग्दै जाँदा खरीदकर्ताहरूको आकर्षण बढेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved