मधेशमा एमाले-लोसपा गठबन्धनः राष्ट्रियसभामा दुवैका एक-एक उम्मेदवार

मधेशमा १०४ प्रदेशसभा सदस्य छन्। जसमा जसपा ३९, लोसपा १६, एमाले ८, कांग्रेस १९, एकीकृत समाजवादी १३, माओवादी आठ र नेपाल संघीय समाजवादी पार्टीका एक छन्।

मधेशमा एमाले-लोसपा गठबन्धनः राष्ट्रियसभामा दुवैका एक-एक उम्मेदवार

जनकपुरधाम। मधेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको छ। १२ माघमा हुन लागेको राष्ट्रियसभा निर्वाचनमा एमाले र लोसपा बीच गठबन्धन भएको हो।

एमाले र लोसपाले आज बिहीबार जनकपुरधामको शुभम् हाटेलमा पत्रकार सम्मेलन गरेर मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन घोषणा गरेका हुन्।

गठबन्धन घोषणा कार्यक्रममा एमाले सचिव रघुवीर महासेठ र पोलिटब्युरो सदस्यद्वय जुली महतो र लीलानाथ श्रेष्ठको उपस्थिति रहेको थियोे भने लोसपाको मधेश प्रदेश संसदीय दलका नेता र प्रदेश कमिटी अध्यक्ष जितेन्द्र सोनल र प्रमुख सचेतक परमेश्वर साहको उपस्थिति रहेको थियोे ।

मधेश प्रदेशबाट शशिकला दाहाल र सुमनराज प्याकुरेलको कार्यकाल आगामी २० फागुनमा सकिँदैछ। मधेश प्रदेशमा एमालेबाट विना देवी र पर्साका उसमान अन्सारीले उम्मेदवारी दिएका थिए।

त्यस्तै, लोसपाबाट महोत्तरीकी रुपाकुमारी यादवको उम्मेदवारी परेको थियो। अहिले गठबन्धनपछि एमालेकी विना देवीले उम्मेदवारी फिर्ता लिएकी छन्।

अब एमालेबाट अन्यतर्फ उसमान अन्सारी र लोसपाबाट महिलातर्फ रिता यादवको उम्मेदवारी कायम भएको छ।

सत्तागठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल, जनता समाजवादीका महमद खालिदको उम्मेदवारी परेको छ।

मधेशमा १०४ प्रदेशसभा सदस्य छन्। जसमा जसपा ३९, लोसपा १६, एमाले ८, कांग्रेस १९, एकीकृत समाजवादी १३, माओवादी आठ र नेपाल संघीय समाजवादी पार्टीका एक छन्।

मधेसमा प्रदेशसभा सदस्यको मतभार अनुसार एमालेसँग मात्रै ३ सय ८४ मात्र छ।

यहाँ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २६८ जना छन्। जसअनुसार मधेशमा कुल मतभार ९ हजार ८१६ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved