लोक सेवा र शिक्षक सेवा तयारी कक्षा सञ्चालन गर्दै भरतपुर महानगर

महानगरपालिकाबाट १८ वर्ष उमेरदेखि ४० वर्षसम्मका युवालाई मागका आधारमा सीपमूलक तालिम र लोक सेवा तथा शिक्षक सेवाको तयारीका लागि समेत सहयोग गर्न लागिएको मेयर दाहालको भनाइ छ। महानगरले गत २७ पुसमा १५ दिनको सूचना जारी गरी इच्छाअनुसारको आवेदन आह्वान गरेको छ।

नेपालभ्युज

लोक सेवा र शिक्षक सेवा तयारी कक्षा सञ्चालन गर्दै भरतपुर महानगर
फाइल तस्वीर

चितवन। युवा वर्गलाई स्वरोजगारसँगै सरकारी सेवामा प्रतिस्पर्धी बनाउन भरतपुर महानगरपालिकाले लोक सेवा र शिक्षक सेवाको तयारी कक्षा सञ्चालन गर्ने भएको छ।

प्राविधिक तालिम लिएर तत्काल रोजगार गर्न चाहने र सरकारी सेवामा प्रवेश गर्न चाहने दुवै वर्गका युवालाई निःशुल्क रुपमा कक्षा र तालिम दिन लागिएको हो।

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले महानगरभित्रका युवाहरुलाई आफूले इच्छा व्यक्त गरेअनुसार तयारी कक्षा र तालिम दिन लागिएको जानकारी दिइन्।

महानगरपालिकाबाट १८ वर्ष उमेरदेखि ४० वर्षसम्मका युवालाई मागका आधारमा सीपमूलक तालिम र लोक सेवा तथा शिक्षक सेवाको तयारीका लागि समेत सहयोग गर्न लागिएको उनको भनाइ छ। महानगरले गत २७ पुसमा १५ दिनको सूचना जारी गरी इच्छाअनुसारको आवेदन आह्वान गरेको छ।

आर्थिक अभावका कारण प्रतिश्पर्धामा कोही पनि पछि नपरुन भन्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको दाहालले बताइन्। उनका अनुसार आधारभूत सीपमूलक तालिम लिएपछि सोही अनुसारको काम गर्नका लागि महानगरले सहयोग गर्ने छ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले आवेदन प्राप्त भएपछि इच्छाअनुसारको तालिम र तयारी कक्षा शुरु गरिने बताए। महानगरले तत्कालका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। रकम अपुग भएमा थप गरी कार्यक्रम प्रभावकारी बनाइने सुवेदीको भनाइ छ।

सुवेदीका अनुसार तालिम र कक्षाका लागि विषय विज्ञ झिकाइने छ। नतिजा प्राप्त हुने गरी काम गरिने उनले बताए। निवेदन संकलन हुँदै गर्दा महानगरपालिकाले व्यावसायिक सीपमूलक तालिमको लागि साझेदार संस्थासँग छलफल अघि बढाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved