आगो तापिरहेको अवस्थामा माटोको ढिस्कोले पुरिएर २ युवाको मृत्यु

नेपालभ्युज

आगो तापिरहेको अवस्थामा माटोको ढिस्कोले पुरिएर २ युवाको मृत्यु

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरमा तिनाउ नदी किनारमा आगो ताप्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ।
बुधबार साँझ बुटवल उपमहानगरपालिका–११ प्रगतिनगर, तिनाउ नदी किनारमा आगो ताप्ने क्रममा एक्कासी माटोको ढिस्को खसेपछि ढिस्कोसँगै खसेका ५ जना घाइते भएका थिए।

घाइते मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। मृत्यु हुनेमा ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापा रहेका छन्।

नदी किनारमा आगो तापिरहेका २३ वर्षीय केशव पुरी, ३२ वर्षीय अशोक गाहा र ३३ वर्षका सलिम अली घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved