बागमतीमा मात्रै ७१ प्रतिशत सक्रिय संक्रमित, कुन प्रदेशमा कति ?

नेपालभ्युज

काठमाडौं। कोभिड १९ को तेस्रो लहर अहिले उत्कर्षमा पुग्न लागेको छ।

अहिले देशभर कोरोना महामारी फैलिसकेको छ। कोरोनाको उच्च बिन्दुमा पुग्ने समयमा अधिकतम् २० हजार संक्रमित हुनसक्ने मन्त्रालयले प्रक्षेपण गरेका छ। अगामी साता कोरोना उच्च बिन्दुमा पुग्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा निर्देशक डा कृष्ण पौडेल बताउँछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ५ माघको तथ्यांकअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी सक्रिय संक्रमित ३४ हजार ३६८ जना रहेका छन् भने कर्णाली प्रदेशमा सबैभन्दा कम ३२६ जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयको तथ्यांकअनुसार अहिले प्रदेश १ मा ४ हजार ५५१ जना संक्रिय संक्रमित छन्। मधेशमा एक हजार ८३२, गण्डकीमा ३ हजार ३५, लुम्बिनीमा २ हजार ६९८ र सुदूरपश्चिममा एक हजार ३१४ जना संक्रिय संक्रमित छन्।

उक्त तथ्यांकअनुसार बागमतीमा कुल सक्रिय संक्रमित ७१ प्रतिशत छन्।

बागमतीमा भएका सक्रिय संक्रमितमध्ये ९७ जना आईसीयूमा र १८ जना भन्टिलेटरमा छन्। ३३ हजार ४९८ जना जना होम आइसोलेशनमा र ७५७ जना संस्थागत आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रदेश एकमा भएका सक्रिय संक्रमित मध्ये ४ हजार ४६० जना होम आइसोलेशनमा, ६० जना संस्थागत आइसोलेशनमा २३ जना आईसीयूमा र ८ जना भन्टिलेटरमा छन्। त्यस्तै, मदेशमा १ हजार ८२६ जना होम आइसोलेशनमा, ३ जना संस्थागत आइसोलेशनमा ३ जना आईसीयूमा रहेको मनत्रालयको तथ्यांक छ।

मन्त्रालयको अनुसार गण्डकीमा २ हजार ९६६ जना होम आइसोलेशनमा, ५२ जना संस्थागत आइसोलेशनमा १७ जना आईसीयूमा छन्। लुम्बिनीमा २ हजार ५३४ जना होम आइसोलेशनमा, १४१ जना संस्थागत आइसोलेशनमा २३ जना आईसीयूमा छन्।

कर्णालीमा ३२० जना होम आइसोलेशनमा, ५ जना संस्थागत आइसोलेशनमा १ जना आईसीयूमा रहेका छन्। सुदुरपश्चिममा ९११ जना होम आइसोलेशनमा, ३९६ जना संस्थागत आइसोलेशनमा ५ जना आईसीयूमा र २ जना भन्टिलेटरमा रहेको मनत्रालयको तथ्यांक छ।

मन्त्रालयको तथ्यांक अनुसार अहिले देशभर ४८ हजार बढी कोरोना संक्रमित भएपनि २८ जना मात्र भन्टिलेटरमा छन्। देशभर ४८ हजार १२६ जना संक्रिय सक्रमित हुँदा २८ जना भन्टिलेटरमा छन्। त्यस्तै, ४६ हजार ५१५ जना होम आइसोलेशनमा, १ हजार ४१४ जना संस्थागत आइसोलेशनमा र १६९ जना आईसीयूमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved