उद्योग संगठन मोरङद्वारा ‘मास्क लगाऔं, कोरोना भगाऊ’ अभियान शुरु

नेपालभ्युज

उद्योग संगठन मोरङद्वारा ‘मास्क लगाऔं, कोरोना भगाऊ’ अभियान शुरु

विराटनगर। केही दिनयता बढदो क्रममा रहेको कोभिड-१९ को संक्रमण दरलाई मध्यनजर गरी उद्योग संगठन मोरङले आजदेखि विराटनगरमा ‘मास्क लगाऔं, कोरोना भगाऔं’ अभियान शुरु गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै विराटनगरको ट्राफिक चोकबाट प्रारम्भ गरिएको मास्क वितरण अभियान विराटनगरको विभिन्न भीड हुने स्थानमा सात दिनसम्म यो अभियान चलाइने जनाइएको छ। यस अभियानअन्तर्गत मास्क नलगाई हिँडनेलाई निःशुल्क मास्क प्रदान गरी मास्क लगाउन अभिप्रेरित गरिने भएको छ।

कोभिड-१९ को बढदो संक्रमणले आममानिसको जनजीवनलाई प्रभावित पार्नुका साथै अस्पतालहरुमा समेत संक्रमित वृद्धि भई बिरामीको चाप बढ्ने क्रममा रहेकाले संक्रमण फैलिन रोक्ने अचुक विकल्पको रूपमा रहेको मास्कको प्रयोग आममानिसलाई प्रेरित गर्ने संगठनले विश्वास लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved