धनगढी उपमहानरगपालिकाले लगायो ८४ प्रतिशत नागरिकलाई कोरोनाविरुद्ध खोप

पूर्ण कोरोना खोपयुक्त नगरपालिका अभियानमा जुट्दै

धनगढी उपमहानरगपालिकाले लगायो ८४ प्रतिशत नागरिकलाई कोरोनाविरुद्ध खोप

धनगढी। कैलालीको धनगढी उप-महानरगपालिकाले कूल लक्षित जनसंख्याको ८४ प्रतिशतलाई कोरोना खोप लगाएको छ।

पूर्ण कोरोना खोपयुक्त नगरपालिका बनाउन कोरोना खोप अभियानलाई तीव्रता दिएको हो। कूल १ लाख ८७ हजार तीन सय ४१ जनसंख्या रहेको धनगढी उप-महानरगपालिकाले ८४ हजार ४ चार सय ७० जना (६८ प्रतिशत) लाई दुवै मात्रा र १ लाख तीन हजार ८ सय ४ जना (८४ प्रतिशत) लाई पहिलो मात्रा खोप लगाइसकेको छ।

यस्तै उप-महानरगपालिकाले कोरोना खोप लगाउन छुटेकाको यकिन विवरण संकलन गरी छुटेकाहरूलाई खोप लगाउन घरदैलो अभियान गर्न लागेको छ। प्रत्यक वडाहरूमा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई खोप लगाउन छुटेकाको तथ्यांक संकलनका लागि परिचालन गरेको छ। भने वडाहरूबाटै खोप सेवा दिन तयारी पूरा भएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण बोहराले जानकारी दिए।

“हामीले हिजोसम्म निरन्तर नगरपालिकाबाट खोप लगाइरहेका थियौं अब यसलाई थप प्रभावकारी बनाउन प्रत्यके वडाहरूबाटै खोप सेवा दिने तयारी गरेका छौं,” उनले भने, “खोप लगाउन छुटेका मानिसहरूको तथ्यांक संकलन गरिसकेका छौं, सोही तथ्यांकका आधारमा वडावडामै खोप लगाउन छुटेका र प्रत्येक स्कुलहरूमा खोप अभियान सञ्चालन गर्छौं।”

त्यस्तै, धनगढीलाई पूर्ण कोरोना खोपयुक्त नगरपालिका बनाउन युनिसेफको सहयोगमा बागेश्वरी असल शासन क्लब (बास) ले स्वयंसेवक परिचालन गरी अभियान थालेको छ।
वडाहरूमा खोप अभियान सम्पन्न हुने बित्तिक्कै पूर्ण कोरोना खोपयुक्त नगरपालिका घोषणाको तयारी थाल्ने उनले बताए। “धनगढी प्रदेशको राजधानी भएकोले प्रदेशका नौ ओटै जिल्लाका मानिसहरूले खोप लगाएको हुँदा नगरपालिकाभित्रका मात्रै कति जनाले खोप लगाए भन्ने यकिन तथ्यांक अहिले हामीसँग थिएन”, प्रमुख बोहराले भने, “त्यसको विवरण र खोप लगाउन बाँकीको यकिन तथ्यांक संकलन गरिसकेका छौं, त्यही आधारमा खोप अभियान सञ्चालन गर्छौं र नरगपालिकालाई छिट्टै पूर्ण कोरोना खोपयुक्त नगरपालिका घोषणा गर्छौं।”

अहिले पनि नरपालिकामा निरन्तर खोप कार्यक्रम चलिरहेको भन्दै उनले खोप लगाउन छुटेकाहरूलाई सम्बन्धित वडा स्वास्थ्य चौकी अर्थात् नगरपालिकामा आएर खोप लगाउन आग्रह गरे।

यस्तै नगर प्रमुख नृप बहादुर वडले धनगढी नेपालमै पहिलो पूर्ण कोरोना खोपयुक्त नगरपालिका बनाउन आफूहरू लागिपरेको बताए। धनगढी प्रदेशको राजधानी भएको कारणले पूर्ण कोरोना खोपयुक्त नगरपालिका बनाउन केही चुनौती रहेकाले छिट्टै अभियान पूरा हुने उनले आश्वास्त पारे।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved