कोरोना परीक्षण शुल्क अहिलेसम्मकै सस्तो

यसअघि, कोरोना परीक्षणका लागि सरकारी अस्पतालमा एक हजार रुपैयाँ र निजी प्रयोगशालामा दुई हजार रुपैयाँ शुल्क तिर्नुपर्दथ्यो।

नेपालभ्युज

कोरोना परीक्षण शुल्क अहिलेसम्मकै सस्तो
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को परिक्षण शुल्क घटाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ सम्बन्धी प्रेस बिफ्रिङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा निर्देशक डा. कृष्ण पौडेलले सरकारी अस्पतालमा ८०० रूपैयाँमा नै पीसीआर परिक्षण गराउने जानकारी दिएका हुन्।
विभिन्न प्रयोजनका लागि कोभिड १९ परीक्षण गर्न चाहने व्यक्तिले सरकारी अस्पतालमा ८०० रूपैयाँमा र निजी प्रयोगशालामा एक हजार ५०० रूपैयाँको रेट कायम गरिएको डा. पौडेलले बताए ।
यसअघि, कोरोना परीक्षणका लागि सरकारी अस्पतालमा एक हजार रुपैयाँ र निजी प्रयोगशालामा दुई हजार रुपैयाँ शुल्क तिर्नुपर्दथ्यो।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved