सुदूरपश्चिममा एक सातामै थपिए दुई हजार ४२१ संक्रमित

नेपालभ्युज

सुदूरपश्चिममा एक सातामै थपिए दुई हजार ४२१ संक्रमित

धनगढी। सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ। पुस अन्तिम सातादेखि प्रदेशमा संक्रमण दर बढ्दै गएकोमा पछिल्लो एक सातामा मात्रै २ हजार ४२१ संक्रमित थपिएका छन्।

स्वास्थ्य निर्देशनालयले जनाए अनुसार २८ पुसमा २५४, २९ पुसमा ३१८, ३० पुसमा ३८३, १ माघमा २८३, २ माघमा १८४, ३ माघमा ३४५ र ४ माघमा ४८८ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

यो अवधिमा परीक्षण गरिएका मध्ये ३० प्रतिशतमा संक्रमण देखिएको छ। पछिल्लो दुई दिनमा भने पीसीआर परीक्षण गरेका ६० प्रतिशत बढीमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गर्दै आएको तथ्यांकमा उल्लेख छ।

यस्तै बुधबार (आज) धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २६३ नमूनाको कोरोना परिक्षण गर्दा १६६ संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन भने ४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। हाल सेतीमा १८ कोरोना संक्रमित उपचाररत रहेका छन्। जसमध्ये २ जनाको आईसीयुमा उपचार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved