इन्डोनेशियाको राजधानी सार्ने कानून संसदबाट पारित

नेपालभ्युज

इन्डोनेशियाको राजधानी सार्ने कानून संसदबाट पारित

इन्डोनेशियाको केन्द्रीय राजधानी सर्ने कानुन संसदबाट पारित भएको छ।जाकार्तामा रहेको अहिलेको राजधानी सारेर कालिमान्तान टापुको नुसान्तरामा लैजाने कानून संसदबाट मङ्गलबार पारित भएको हो।

यसलाई राष्ट्रपति जोको विडोडोको कार्यकालको महत्वपूर्ण उपलब्धिका रूपमा दाबी गरिएको समाचारमा जनाइएको छ। इन्डोनेशियाको राजधानी सार्ने विषय पहिलेदेखि नै मुख्य चुनावी एजेण्डा र मुख्य योजनाका रुपमा रहदै आएको थियो।

राजधानी सर्नेसम्बन्धी अवधारणा विगतमा केही पूर्वराष्ट्रपतिहरुले पनि उठाउँदै आएका थिए।जाकार्ताको जनसङ्ख्या अत्यधिक धेरै हुनु, जमिनको अभाव हुनुलगायत कारणले राजधानी सार्नुपर्ने आवाज उठेको थियो।

राजधानी सार्न थालिएको ठाउँ नुसान्तारा शहर झण्डै दुई लाख ५६ हजार हेक्टर क्षेत्रफलमा फैलिन्छ। यो ठाउँको छनौट भने पूर्वराष्ट्रपति जोकोवीले छनोट गरेका राष्ट्रिय विकास तथा योजनामन्त्री सुहार्सो मोनोअर्राफले जानकारी दिए।

इन्डोनेशियामा आफैमा विश्वको चौथो धेरै जनसङ्ख्या भएको मुलुक हो। इन्डोनेशियामा अहिले २७ करोड भन्दा बढी जनसङ्ख्या रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved