भारतमा ह्वात्तै बढ्यो कोरोना संक्रमण : एकै दिन दुई लाख ८२ हजारभन्दा बढी थपिए

नेपालभ्युज

भारतमा ह्वात्तै बढ्यो कोरोना संक्रमण : एकै दिन दुई लाख ८२ हजारभन्दा बढी थपिए

काठमाडौं । भारतमा पछिल्लो समय कोरोना संक्रमण निकै बढिरहेको छ। भारतमा हालसम्म तीन करोड ७९ लाख १ हजार २४१ जना संक्रमित भइसकेका अधिकारीहरूले जनाएका छन्।

पछिल्लो २४ घण्टामा भारतभर थप दुई लाख ८२ हजार ९७० जना संक्रमित थपिएका छन्।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा अहिले सक्रिय संक्रमित संख्या १८ लाख ३१ हजार छ। सक्रिय संक्रमितमध्ये आठ हजार ९६१ जना मात्रै ओमिक्रोनबाट संक्रमित रहेका जनाइएको छ।

कोरोना भाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोन भाइरसबाट अघिल्लो दिनको तुलनामा बुधबार संक्रमित हुनेको संख्या ०.७९ प्रतिशत बढेको छ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट एक लाख ८८ हजार १५७ जना सङ्क्रमणमुक्त भएका छन्। भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरूको संख्या तीन करोड ५५ लाख ८३ हजार ३९ पुगेको छ। यहाँ कोरोना भाइरस निको हुने दर ९३.८८ प्रतिशत रहेको जनाइएको छ।

पछिल्लो एक दिनमा ४४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको संख्या चार लाख ८७ हजार २०२ रहेको छ।

कोरोना शुरु भएदेखि हालसम्म भारतमा ७० करोड ७४ लाख भन्दाबढी व्यक्तिको कोरोना परीक्षण भएको छ। यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो।

त्यस समयदेखि हालसम्म एक अर्ब ५८ करोड ८८ लाख ४७ हजारभन्दा बढीलाई कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved