राष्ट्रिय टी-ट्वान्टी प्रतियोगितामा आशिफ शेख उत्कृष्ट खेलाडी घोषित

नेपालभ्युज

राष्ट्रिय टी-ट्वान्टी प्रतियोगितामा आशिफ शेख उत्कृष्ट खेलाडी घोषित

काठमाडौं। एपीएफ क्लबका आशिफ शेख प्रधानमन्त्री कप राष्ट्रिय टी-ट्वान्टी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका छन्। एपीएफलाई उपाधि दिलाउन उनले प्रतियोगिताभरि खेलेका ६ खेलमा कुल २२७ रन जोडेका थिए।

जसमा प्रतियोगिता कै सवार्धिक ८४ रन पनि सामेल छ। जुन उनले सेमिफाइनलमा आर्मीविरुद्ध प्रहार गरका थिए।

त्यसै एपीएफ क्लब कै किशोर महतो फाइनलको उत्कृष्ट खेलाडी बने। उनले फाइनल खेलमा चार ओभर बलिङ गर्दै मात्र १७ रन दिएर तिन विकेट लिएका थिए। प्रतियोगिताको उत्कृष्ट बलरको उपाधि लुम्बिनी प्रदेशका अनिल खरेल जिते। उनले खेलेका चार खेलमा कुल १० विकेट लिएका थिए।

नेपाल पुलिस क्लबका कुशल भुर्तेल उत्कृष्ट ब्याटसम्यान घोषित भए। अस्वस्थताका कारण फाइनल र सेमिफाइनल खेल गुमाएपनि चार खेलमा उनले १८२ रन जोडेका थिए। उपाधिसँगै एपीएफले पाँच लाख र पुलिसले तीन लाख नगद पुुरस्कार प्राप्त गरेका छन्।

यो पनि

अपराजित रहँदै एपीएफले उचाल्यो राष्ट्रिय टी-ट्वान्टी प्रतियोगिताको उपाधि

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved