मधेश प्रदेशमा आज बलिदानी दिवस मनाइँदै

नेपालभ्युज

मधेश प्रदेशमा आज बलिदानी दिवस मनाइँदै

जनकपुरधाम। मधेश प्रदेश सरकारले आज विशेष कार्यक्रम गरी मधेश बलिदानी दिवस मनाउन लागेको छ।

मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको आजको दिनलाई मधेश बलिदानी दिवसको रुपमा प्रदेश सरकारले मनाउँदै आएको हो।

मधेस प्रदेश सरकारले यसवर्ष बलिदानी दिवसको अवसर पारेर सप्तरी सदरमुकाम राजविराजमा विशेष कार्यक्रम गर्न लागेको छ। मुख्यमन्त्री लालबाबु राउतलगायत प्रदेश सरकार मन्त्री, प्रदेशसभा सदस्य र विभिन्न राजनीतिक दलका शीर्ष नेताको विशेष उपस्थितिमा दिउँसो आयोजना हुने कार्यक्रममा मधेश आन्दोलनका क्रममा शहीद भएकाको परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम छ।

यस्तै मधेश आन्दोलनका क्रममा घाइते र आपाङ्गता भएकालाई समेत आर्थिक सहायता प्रदान गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहले बताए। कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेतालेसमेत सम्बोधन गर्ने कार्यक्रम छ।

मधेश बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकारले आज पनि सार्वजनिक बिदा दिएको छ। प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा हिजो मङ्गलबार पनि सार्वजनिक बिदा दिएको प्रदेश सरकारले आज बुधबार पनि मधेश बलिदानी दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved