इटालियन कपको क्वार्टरफाइनलमा युभेन्टस र लाजियो

नेपालभ्युज

इटालियन कपको क्वार्टरफाइनलमा युभेन्टस र लाजियो

काठमाडौं। साबिक विजेता युभेन्टसले साम्पडोरियालाई ४–१ ले हराएको छ। मंगलबार रातिको खेलमा इटालियन कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । यससँगै युभेन्टसले जारी सिजन कम्तीमा एक उपाधि जित्ने सम्भावना कायम राखेको छ।
युभेन्टसले अब सेमिफाइनलमा स्थान बनाउनका लागि सासउलो र काग्लिएरीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
मंगलबार राति नै अर्को खेलमा लाजियोले युडिनेलाई १–० ले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको छ। लाजियोले अब सेमिफाइनल प्रवेशका लागि एसी मिलानविरुद्ध खेल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved