एमालेको ६३ जिल्लामा नयाँ नेतृत्व

नेपालभ्युज

एमालेको ६३ जिल्लामा नयाँ नेतृत्व

काठमाडौं। नेकपा (एमाले)ले ६३ वटा जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ। सात वटा प्रदेश सम्पर्क कमिटीमध्ये मधेस प्रदेशबाहेक अरू ६ वटामा नेतृत्व चयन भइसकेको छ।
प्रदेश नम्बर १ को अध्यक्षमा कपिलदेव ओली, वाग्मती प्रदेशमा अशोक ठकुरी, गण्डकी प्रदेशमा ऋषि कँडेल, लुम्बिनी प्रदेशमा नारायण पाण्डे, कर्णाली प्रदेशमा जेबी शाही र सुदूरपश्चिम प्रदेशमा दलबहादुर धामी चयन भएका छन्।
पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगुमा भने अधिवेशन उद्घाटन भए पनि नेतृत्व चयन हुन बाँकी छ।
कोरोना महामारीको बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर बाँकी रहेका जिल्ला धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरेर नौ वटा जिल्लाको अधिवेशनको मिति तय हुने एमालेले जनाएको छ।

कुन जिल्लामा को ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved