विश्वभर एकै दिन साढे २८ लाखमा कोरोना संक्रमण

नेपालभ्युज

विश्वभर एकै दिन साढे २८ लाखमा कोरोना संक्रमण

काठमाडौं। विश्वभर कोरोना संक्रमण दर बढिरहेको छ। हाल विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणले दैनिक ३० लाख नजिकको संख्यामा संक्रमित थपिने गरेका छन्।
पछिल्लो एक दिनमा १५ लाख ६३ हजारभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन्। ७ हजार ६४० सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकामा एक हजार ४४३, रुसमा ६८८, बेलायतमा ४३८, फ्रान्समा ३७५ र ब्राजिलमा ३१७ जना रहेका छन्।
यता, पछिल्लो २४ घण्टामा मात्र २८ लाख ५२ हजार कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै फ्रान्समा ४ लाख ६४ हजार थपिएका छन्।
त्यसै गरी अमेरिकामा ४ लाख ३२ हजार, इटलीमा २ लाख २८ हजार, ब्राजिलमा एक लाख ३२ हजार, अर्जेन्टिनामा एक लाख २० हजार र बेलायतमा ९४ हजार जनामा संक्रमण पुष्टि भएको छ।

निको हुनेमा इटलीमा २ लाख २० हजार, फ्रान्समा दुई लाख ७ हजार, बेलायतमा एक लाख १९ हजार, अर्जेन्टिनामा एक लाख दुई हजार, अमेरिकामा ९३ हजार र टर्कीमा ७७ हजार छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved