मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार, ढुंगा प्रहार गर्ने एक युवक पक्राउ

नेपालभ्युज

मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार, ढुंगा प्रहार गर्ने एक युवक पक्राउ

जनकपुरधाम। मधेस प्रदेशको राजधानी जनकपुरधाम कायम गरिएको विरोधमा एक समूहले मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगा प्रहार गरेको छ। ढुंगा प्रहाबाट घरको सिसा फुटेको छ।

सोमबार ४ वर्षपछि प्रदेश सभाबाट प्रदेश २ को नामकरण मधेस र स्थायी राजधानी जनकपुरधाम राख्ने फैसला गरिएको थियो।  विरोधमा विरगन्ज राजधानी हुनुपर्ने माग गर्दै आएका एक समूहले सोमबार साँझ वीरगन्जको घन्टाघर चोकमा मुख्यमन्त्रीको पुत्ला जलाउँदै विरोध प्रदर्शन गरेका थिए।

त्यस्तै, आज नेपाली काँग्रेस वीरगन्ज महानगर समितिले विरोधमा दिउँसो मोटरसाइकल र्‍यालीको आयोजना गरेको थियो । हातमा कालोपट्टी बाँधेर निस्किएको र्‍यालीमा सहभागी एक समूह पावरहाउस चोकतर्फ जाने क्रममा राधेमाई स्थित मुख्यमन्त्रीको घरतर्फ मोडिएको थियो।

उक्त र्‍यालीमा सहभागी एक युवाले मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार गरे। ढुंगा प्रहारबाट घरको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्साका प्रहरी प्रवक्ता तथा डीएसपी ओमप्रकाश खनालका अनुसार र्‍याली पावरहाउस जाने जानकारी गराइएको थियो।

‘पावर हाउसतर्फ जाने क्रममा अचानक र्‍यालीबाट केही युवाहरु राधेमाई तर्फ मोडिएका थिए, भिडमा रहेका एक युवाले ढुंगा प्रहार गरेको पाइएको छ, ढुंगा प्रहारले दुईवटा सिसामा प्वाल परेका छन्,’ उनले भने। सीसीटीभीमार्फत ढुंगा प्रहार गर्ने युवकको पहिचान भएको र उनलाई नियन्त्रणमा लिइएको खनालले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved