मधेस प्रदेशमा भोलि पनि सार्वजनिक बिदा

५ माघ २०६३ देखि शुरु भएको मधेश आन्दोलनको स्मरणमा प्रदेश सरकारले शुरुदेखि नै मधेश बलिदानी दिवसमा सार्वजनिक बिदा दिँदै आएको छ।

नेपालभ्युज

मधेस प्रदेशमा भोलि पनि सार्वजनिक बिदा

जनकपुरधाम। मधेश प्रदेशमा भोलि बुधबार पनि सार्वजनिक बिदा हुने भएको छ। मधेश प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ।

प्रदेशको नाम मधेश र राजधानी जनकपुर तय भएको खुशीमा आज मंगलबार सार्वजनिक बिदा दिएको प्रदेश सरकारले बुधबार मधेश बलिदानी दिवसको अवसरमा यसअघि नै सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो।

५ माघ २०६३ देखि शुरु भएको मधेश आन्दोलनको स्मरणमा प्रदेश सरकारले शुरुदेखि नै मधेश बलिदानी दिवसमा सार्वजनिक बिदा दिँदै आएको छ।

प्रदेश सरकारले यसपटक बलिदानी दिवस राजविराजमा मनाउने निर्णय गरेको छ। यसपटक प्रदेश सरकारले मधेश आन्दोलनमा शहीद भएका ५७ जनाको परिवारलाई तीन लाख रुपैयाँका दरले सहयोग वितरण गर्ने भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved