जनकपुर राजधानीको स्वागत गरेका विमलेन्द्र निधि मधेश नाममा असन्तुष्ट

“मेरै अग्रसरतामा प्रदेशको मुुख्यालय पनि तत्कालीन जनकपुर चुुरोट कारखानाको सम्पत्तिमा बनेको थियो,” निधिले भने, “प्रदेश राजधानी पनि अन्यत्रै लैजाने शुरुदेखि षड्यन्त्र थियो। त्यसलाई मैलै शुरुदेखि नै चिर्दै आएँ।”
राजधानीका विषयमा खुशी प्रकट गरेका निधि प्रदेशको नाम मधेशबारे भने मौन छन् । उनले प्रदेशको नामाकरणका बारेमा भने टिप्पणी गर्न मानेनन्।

नेपालभ्युज

जनकपुर राजधानीको स्वागत गरेका विमलेन्द्र निधि मधेश नाममा असन्तुष्ट

काठमाडौं। मधेश प्रदेशको राजधानी जनकपुरधामलाई स्वागत गरेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि प्रदेशको नामप्रति भने मौन देखिएका छन्। सोमबार प्रदेशसभाबाट जनकपुरधाम राजधानी पारित भएलगत्तै खुशी व्यक्त गरेका निधि मधेश नामप्रति भने मौन रहेका हुन्।

निधिले प्रदेशको स्थायी राजधानी टुुंगो लागेलगत्तै जनकपुर प्रदेशको राजधानी भएकोमा खुशी व्यक्त गरे। उनले समाजिक सञ्जालमार्फत मैथिलीमा ट्विट गर्दै खुशी व्यक्त गरेका थिए।

निधिले नेपालभ्यूजसँग कुरा गर्दै प्रदेश दुुईको राजधानी शुुरुदेखि नै जनकपुुर बनाउन आफू प्रयासरत रहेको र त्यो सफल भएपछि आफूले खुशी व्यक्त गरेको बताए।

“मेरै अग्रसरतामा प्रदेशको मुुख्यालय पनि तत्कालीन जनकपुर चुुरोट कारखानाको सम्पत्तिमा बनेको थियो,” निधिले भने, “प्रदेश राजधानी पनि अन्यत्रै लैजाने शुरुदेखि षड्यन्त्र थियो। त्यसलाई मैलै शुरुदेखि नै चिर्दै आएँ।”

राजधानीका विषयमा खुशी प्रकट गरेका निधि प्रदेशको नाम मधेशबारे भने मौन छन्। उनले प्रदेशको नामाकरणका बारेमा भने टिप्पणी गर्न मानेनन्।

निधि निकटवर्ती स्रोतका अनुसार कांग्रेसले प्रदेश दुुईको नाममा दाबी गरेको मिथिला भोजपुरामा उनको अडान थियो। कांग्रेसको तर्फबाट प्रदेश संसदीय दलका नेता रामसरोज यादव र प्रदेश सांसद शिवचन्द्र चौधरीले मिथिला भोजपुरालाई प्रदेशसभामा पेश गरेका थिए।

मधेश प्रदेशको नामाकरणको आन्तरिक गृहकार्य चल्दा कांग्रेसका प्रदेश नेताहरु यादव र चौधरीले निधिसँग सल्लाह पनि गरेका थिए। उनीहरुले मधेशी पार्टीहरु मधेश प्रदेशबाट अलग हुन नचाहेको जानकारी निधीलाई गराएका थिए।

त्यसपछि, निधिले मधेश मिथिला प्रदेशमा सहमति गर्ने गरी आफ्ना पार्टीका प्रदेश नेताहरुलाई सुुझाव दिएका थिए। तर, सोमबार प्रदेशसभामा दुुईतिहाइले मधेश प्रदेश नाम कायम भयो।

निधिले आफना निकट नेताहरुसँग मधेश पूर्वदेखि पश्चिमसम्म फैलिएको भन्दै आठ जिल्लालाई मात्रै मधेश प्रदेश कायम गर्नु ठीक नभएको बताएका छन्।

मंगलबार जनकपुरमा कांग्रेसका स्थानीय युवा नेताहरुले मिथिला भोजपुरा प्रदेश नामाकरण नभएको भन्दै मधेश प्रदेशका सासंदहरुको पुत्ला जलाएर विरोध गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved