प्रधानमन्त्री इमरान खान र राष्ट्रपति पुटिनबीच टेलिफोनवार्ता

दुई नेताबीच दुई देशबीचको व्यापार र सहकार्यका विषयमा छलफल केन्द्रित भएको जनाइएको छ।

नेपालभ्युज

प्रधानमन्त्री इमरान खान र राष्ट्रपति पुटिनबीच टेलिफोनवार्ता

एजेन्सी। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनवार्ता गरेका छन्।

टेलिफोनवार्ताका क्रममा उनीहरुबीच दुई देश बीचको व्यापार र अन्य पारस्परिक लाभका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ।

प्रधानमन्त्री खानले सोमबार ट्विट गरेका छन्, ‘राष्ट्रपति पुटिनसँग भर्खरै कुरा भयो। उहाँ पहिलो पश्चिमी नेता हुनुहुन्छ, जसले आफ्नो प्यारो पैगम्बरप्रति, मुस्लिम भावनाप्रति सहानुभूति र संवेदनशीलता देखाउँनुहुन्छ।’

दुई नेताबीच दुई देशबीचको व्यापार र सहकार्यका विषयमा छलफल केन्द्रित भएको जनाइएको छ।

खानले भनेका छन्, ‘हामीले हाम्रा दुई देशबीचको व्यापार र अन्य पारस्परिक लाभका विषयमा अगाडि बढ्ने तरिकाहरूबारे पनि छलफल ग¥यौं र हामीले एकअर्कालाई आफ्ना देशमा भ्रमणको निम्तो पनि आदानप्रदान गर्यौँ।’

सोमबार भएको टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री खान र राष्ट्रपति पुटिनले गत वर्षको आफ्नो वार्तालापको स्मरण गर्दै द्विपक्षीय सहयोगका साथै आपसी हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि विचार आदानप्रदान गरेका पाकिस्तानी प्रधानमन्त्री कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved