बालविवाह मुद्दामा पाँच जनालाई कैद

नेपालभ्युज

बालविवाह मुद्दामा पाँच जनालाई कैद

तनहुँ। बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ।

जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो।

साथै उनीहरूलाई जनही पाँच/पाँच हजार रुपैयाँ जरिवानाको फैसला भएको तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए।

उनका अनुसार गोरखाको शहीद लखन गाउँपालिका-३ का भानुभक्त अर्याल, सोही ठाउँका सन्तोष अर्याल, व्यास नगरपालिका-११ का विष्णुप्रसाद भट्टराईलाई कैद र जरिवानाको फैसला भएको छ। दुई जनाको नाम भने खुलाइएको छैन। प्रहरीले गत असार ३१ गते बालविवाह मुद्दा दर्ता गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved