विद्यालय सञ्चालनको मागसहित शिक्षकहरूले बुझाए मुख्यमन्त्रीलाई ज्ञापनपत्र

नेपालभ्युज

विद्यालय सञ्चालनको मागसहित शिक्षकहरूले बुझाए मुख्यमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर। प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन १ नम्बर प्रदेश समितिले विभिन्न माग सहित प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएको छ। समितिले सोमबार प्रदेश १ का मुख्यमन्त्री राईलाई १३ सुत्रीय माग सहितको ज्ञापनपत्र बुझाएको छ।

संगठनका प्रदेश अध्यक्ष कमलप्रसाद तिम्सिना र केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इञ्चार्ज हिक्मतबहादुर बस्नेतसहितको टोलीले मुख्यमन्त्री राईलाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्र मार्फत् प्रदेश नं. १ को शिक्षा ऐन र नियमावली तुरुन्त जारी गर्नुपर्ने माग गरिएको छ। विद्यालयमा पढ्ने बालबालिकालाई खोप सुनिश्चित गर्नुपर्ने र स्वास्थ्यको मापदण्डको पूर्ण कार्यान्वयनसहित विद्यालय सञ्चालनको वातावरण तयार गर्नुपर्ने संगठनको माग छ। प्रदेशमा न्यूनतम बेतनमा कार्यरत बाल विकासका शिक्षक र विद्यालय कर्मचारीहरूको समस्या समाधानका लागि विद्यालयमा आवश्यक दरबन्दी कायम गरी स्थायित्वको प्रबन्ध गर्नुपर्ने बिषय समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

ज्ञापनपत्रमार्फत् उमेरको हद नाघेका राहत शिक्षकलाई शिक्षा सेवा आयोगको परीक्षामा सहभागी गराउनुपर्ने विषयमा समेत प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ।

यसका अतिरिक्त शिक्षा सेवा मर्यादित बनाउन कर्मचारीभन्दा शिक्षकको तलब १० प्रतिशतले वृद्धि गर्नुपर्ने र प्रदेश १ को कुल बजेटको २० प्रतिशत रकम शिक्षा क्षेत्रमा खर्चनुपर्ने लगायतका बिषयवस्तु समेत ज्ञापनपत्रमा अटाईएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved