प्रधानमन्त्रीद्वारा वैशाखमा स्थानीय चुनाव गराउने जानकारी, मिति सिफारिस गर्न भोलि समन्वय समितिको बैठक

नेपालभ्युज

प्रधानमन्त्रीद्वारा वैशाखमा स्थानीय चुनाव गराउने जानकारी, मिति सिफारिस गर्न भोलि समन्वय समितिको बैठक
फाइल तस्वीर।

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार अर्को घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई वैशाखभित्र स्थानीय निर्वाचन गराउने गरी मिति तोक्नुपर्ने जानकारी गराएका छन्।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति तोक्न आग्रह गरेको बताउँदै संवैधानिक व्यवस्थाअनुसार नै तीन तहको निर्वाचन गराउनुको विकल्प नरहेको बताएका हुन्।

एक साताभन्दा लामो आइसोलेशन बसेर कोरोना संक्रमणमुक्त भएपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न प्रचण्ड आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।  सत्तारुढ गठबन्धनका दोस्रो घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’लाई देउवाले चाँडै स्थानीय चुनावको मिति तोक्नसक्ने संकेत गरेका थिए।

भेटमा प्रचण्डले स्थानीय निर्वाचनमा मिलेर जानुपर्ने बताए पनि देउवाले कुनै पनि प्रतिक्रिया जनाएनन्। प्रधानमन्त्री देउवाले मंगलबार बिहान उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाउने र समितिको सुझावअनुसार चुनावको मिति तोक्ने बताएका थिए।

प्रचण्डले भने स्थानीय चुनाव मात्र पहिला नगरी तीनै तहको चुनाव एकसाथ गर्ने विकल्प सोच्न आग्रह गरेका थिए तर देउवाले त्यसो गर्न नसक्ने बताएपछि समिति बैठकबाट सहमतिमा निर्णय गराएर जान आग्रह गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved