नेप्से परिसूचक २०.६९ अंकले वृद्धि

सोमबार कारोबार भएका २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता शेयर ७ अर्ब ९० करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको किनबेच भएको छ।

नेपालभ्युज

नेप्से परिसूचक २०.६९ अंकले वृद्धि

काठमाडौं। साताको दोस्रो दिन शेयर बजार मापक नेप्से परिसूचक उकालो लागेको छ। आज नेप्से परिसूचक २० दशमलव ६९ अंकले उकालो लागेको छ।

कारोबारको शुरुवातमा ओरालो लागेको नेप्से बजारमा शेयर खरिदकर्ता हाबी हुँदा दिनभर तीव्र उतारचढावका बीच २०.६९ अंकले बढेर २९४७.४३ बिन्दुमा पुगेको छ।

सोमबार कारोबार भएका २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता शेयर ७ अर्ब ९० करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको किनबेच भएको छ।

सोमबार नेप्सेका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढ्दा ५ उपसमूहको परिसूचक घटेको छ।

बैंकिङ्ग, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ। तर, विकास बैंक, वित्त, लगानी, लघुवित्त र व्यापार उपसमूहको परिसूचक घटेको छ।

कारोबार रकमका आधारमा ४४ करोड ५४ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। त्यस्तै , अपि पावरको ४१ करोडको शेयर कारोबार भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved