ललितपुरमा जथाभावी सवारी पार्किङ गर्नेलाई ठाउँको ठाउँ जरिवाना

नेपालभ्युज

ललितपुरमा जथाभावी सवारी पार्किङ गर्नेलाई ठाउँको ठाउँ जरिवाना

ललितपुर । ललितपुर महानगरपालिकाले अव्यवस्थित रूपमा जथाभावी सवारीसाधन पार्किङ गर्नेलाई ‘ठाउँको ठाउँ’ जरिवाना गर्दै आएको छ। पछिल्लो १ महिनादेखि सुरु गरेको अभियान सफल भएको र यसलाई निरन्तरता दिइने महानगरले जनाएको छ।

सवारीलाई पार्किङ स्थलबाट उठाएर अर्को ठाउँमा जरिवाना तिराउँदा सर्वसाधारणले झन्झट व्यहोर्नुपर्ने भएकाले उनीहरूलाई ठाउँका ठाउँ जरिवाना गर्ने नीति महानगरले लिएको हो। सवारीधनी नभेटिएको अवस्थामा मात्रै सवारीलाई महानगरले उठाउने गरेको छ ।

ललितपुर महानगरभित्र जथाभावी पार्किङ गर्दा शहर कुरूप देखिएकाले त्यसलाई नियन्त्रण गर्न यस्तो अभियान सुरु गरिएको नगरप्रमुख चिरीबाबु महर्जनले बताए। ट्राफिक प्रहरीको सहकार्यमा नगर प्रहरी लगाएर कारबाही र सचेतना प्रक्रियालाई तीव्रता दिइएको उनले बताए। उनका अनुसार नगर प्रहरीले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा ललितपुर महानगरभित्रका सबै क्षेत्रको फुटपाथ र नो पार्किङ राखिएका स्थानमा पार्किङ गरिएका सवारी साधनलाई ‘ह्वील लक’ गर्ने र जरिवाना तिराएर मात्र छाड्ने गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved