मोटरसाइकल ठक्करबाट महिलाको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

नेपालभ्युज

मोटरसाइकल ठक्करबाट महिलाको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

कैलाली । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

आइतबार जिल्लाको पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालीकाको बलियामा से६प ८७८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही नगरपालिकाको वडा नम्बर ४ की ५५ वर्षीय मनसरा न्यौपानेको मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट घाइते भएकी मनसरको कोहलपुर मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। उनको मृत्युपछि स्थानीयले दोषीलाई कारवाही र उचित क्षतिपूर्तिको माग गर्दै सोमबार बिहानैदेखि पूर्वपश्चिम राजमार्गको लम्की खण्ड अवरुद्ध पारेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved