काठमाडौं । चर्चित भारतीय कत्थक नर्तक पण्डित बिरजु महाराजको हृदयघातका कारण निधन भएको छ।
पद्मविभूषण सम्मानित ८३ वर्षीय बिरजु महाराजको आइतबार मध्यरातमा दिल्लीको साकेत अस्पतालमा निधन भएको हो। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, गायिका मालिनी अवस्थी र अदनान सामीले सामाजिक सञ्जाल पोस्टमार्फत उनलाई श्रद्धाञ्जली दिएका छन्।
महाराजको एक महिनादेखि उपचार भइरहेको बिरजु महाराजकी नातिनी रागिनीले बताइन्। हिजो राति उनलाई सास फेर्न गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको थियो।
बिरजु महाराजको जन्म ४ फेब्रुअरी १९३८ मा लखनउमा भएको थियो। उनको वास्तविक नाम पण्डित बृजमोहन मिश्रा थियो। कत्थक नर्तक हुनुका साथै उनी शास्त्रीय गायक पनि थिए। बिरजु महाराजका बुवा अछान महाराज, काका शम्भु महाराज र लच्छु महाराज पनि प्रसिद्ध कत्थक नर्तक थिए।
महाराजले ‘देवदास’, ‘देढ इश्किया’, ‘उमराव जान’ र ‘बाजीराव मस्तानी’ जस्ता फिल्मका लागि कोरियोग्राफी गरेका थिए। यसबाहेक उनले सत्यजित रेको फिल्म ‘शतरंज के खिलाडी’ मा पनि संगीत दिएका थिए।
Facebook Comment
Comment