सुदूरपश्चिममा थपिए १८४ कोरोना संक्रमित

नेपालभ्युज

सुदूरपश्चिममा थपिए १८४ कोरोना संक्रमित

धनगढी। सुदूरपश्चिम प्रदेशमा आज थप १८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४८७ जनाको नमूना परीक्षण गर्दा १८४ जनामा सङ्क्रमण पुष्टि भएको हो।

पीसीआरमार्फत सात र एन्टिजेनमार्फत १७७ जनामा पुष्टि भएको हो। पीसीआरमार्फत कमलबार अस्पतालमा सात र एन्टिजेनमार्फत कञ्चनपुरका ९३, कैलालीका ७७, बैतडीका सात र दार्चुलाका पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ।

गएको २४ घण्टामा प्रदेशभर आठ जना निको भएका छन्। सो अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ। बाजुराको खप्तडछेडेदह–२ का ५१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको हो। यसअघि शनिबार यस प्रदेशमा २८३ जनामा सङ्क्रमण पुष्टि हुँदा आठ जना निको भएका थिए। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१६ जनाको ज्यान गइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved