प्रचण्ड कोरोना संक्रमणमुक्त

नेपालभ्युज

प्रचण्ड कोरोना संक्रमणमुक्त

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना संक्रमणमुक्त भएका छन्। प्रचण्डकी स्वकीय सचिव तथा पुत्री गंगा दाहालले उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको जनकारी दिएकी हुन्।

प्रचण्डलाई पुस २४ गते कोरोना पुष्टि भएको थियो। माओवादी महाधिवेशन सकिएलगत्तै उनको स्वास्थ्यमा समस्या देखिएको थियो। कोरोना संक्रमणकै कारण पार्टी पदाधिकारी चयन गर्न २५ पुसमा बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved