उद्योग वाणिज्य महासंघले अफगानिस्तानमा पठायो आठ क्विण्टल सामग्री

युद्धग्रस्त मुलुक अफगानिस्तानमा दैनिक उपभोग्य सामग्रीको चरम अभावले नागरिकको दैनिकी अत्यन्त कष्टकर बन्दै गएको हुँदा जीवनयापन केही सहज होस् भनेर महासंघले उक्त सहयोग उपलब्ध गराएको हो।

नेपालभ्युज

उद्योग वाणिज्य महासंघले अफगानिस्तानमा पठायो आठ क्विण्टल सामग्री

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले मानवीय संकट गहिरिँदै गएको अफगानिस्तानका नागरिकका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत बन्दोबस्तीका सामग्रीहरू पठाएको छ।

महासंघले उक्त सामग्री नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत त्यसतर्फ पठाएको हो। महासंघका अध्यक्ष शेखर गोल्छाले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई हस्तान्तरण गरेका थिए।

मन्त्रालयको आग्रहमा महासंघले करीब आठ सय किलोग्राम बराबरको अत्यावश्यकीय भाडाकुँडालगायत बन्दोबस्तीका सामग्रीहरु उपलब्ध गराएको हो।

युद्धग्रस्त मुलुक अफगानिस्तानमा दैनिक उपभोग्य सामग्रीको चरम अभावले नागरिकको दैनिकी अत्यन्त कष्टकर बन्दै गएको हुँदा जीवनयापन केही सहज होस् भनेर महासंघले उक्त सहयोग उपलब्ध गराएको हो।

नेपालबाट सहयोग सामग्री बोकेको जहाज आइतबार अफगानिस्तानको राजधानी काबुल गएको छ।

मुलुकभित्र वा बाहिर समस्यामा परेका सर्वसाधारण नागरिकको सहयोगका लागि महासंघले सधैं अग्रभागमा रहेर सहयोग गर्दै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved