शेयर बजारमा छायो बहार, नेप्से र कारोबार दुवैमा भारी वृद्धि

गत साढे चार महीनादेखि निरन्तर घटिरहेको यस अवधिमा नेप्से सूचकमा झन्डै ३०५ को गिरावट आएको थियो। बजारले झन्डै १३ खर्ब बजार पुँजीकरण गुमाएको थियो।

नेपालभ्युज

शेयर बजारमा छायो बहार, नेप्से र कारोबार दुवैमा भारी वृद्धि

काठमाडौं। माघ महीनाको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा बहार आएको छ। नेप्से सूचक ६९ अंकले वृद्धि हुँदा कारोबार रकम पनि उत्साहजनक रुपमा बढेको हो।

साताको पहिलो दिन नेप्से परिसूचक ६९ अंकले बढेर २९२६.७४ बिन्दुमा पुगेको छ। कारोबार रकम पनि पछिल्ला दिनको तुलनामा आकर्षक रुपमा बढेर ९ अर्ब ६७ करोड रुपैयाँभन्दा नाघेको हो।

सबै समूहका सूचक बढेका छन्। उत्पादनमूलक समूहमा सबैभन्दा उच्च वृद्धि भएको छ। तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ।

वित्तीय प्रणालीमा तरलता बढ्ने वातावरण बनेको, नीतिगत विषयहरु सकारात्मक रहेका अनि यसअघि छोटो समयमा बजार निरन्तर तल आउँदा भाउ सस्तो भएको लगायत कारणले बजारले फेरि बुलिस ट्रेण्ड समातेको हो।

गत साढे चार महीनादेखि निरन्तर घटिरहेको यस अवधिमा नेप्से सूचकमा झन्डै ३०५ को गिरावट आएको थियो। बजारले झन्डै १३ खर्ब बजार पुँजीकरण गुमाएको थियो।

बुल बजारमा छोटो समयमा आएको यो करेक्सन निकै ठूलो मानिएको थियो।
शेयर भाउ निकै तल्लो बिन्दुमा आएका कारण एकाएक लगानीकर्ताहरु आकर्षित भएका हुन्।

सस्तो भाउमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सबैप्रकारका लगानीकर्ता उत्साहित भएका छन्।

आइतबार २२९ कम्पनीको एक करोड ८२ लाख ५४ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ।

३६ करोड ४३ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ। दोस्रो र तेस्रोमा क्रमशः अपि पावर र अपर तामाकोशी हाइड्रोपावर परेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved