कोभिड संक्रमणपछि भक्तपुरमा माधवनारायण मेला सञ्चालनमा अन्यौल

नेपालभ्युज

कोभिड संक्रमणपछि भक्तपुरमा माधवनारायण मेला सञ्चालनमा अन्यौल

भक्तपुर। भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा सुरु हुने भनिएको माधवनारायण ब्रत तथा मेला अन्योलमा परेको छ । नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको उक्त मेलाबारे यस वर्ष कोरोनाका कारण अन्योल भएको हो।

हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शु पूर्णिमासम्म लाग्ने मेला सोमबारदेखि सुरु हुने भए पनि कोरोना भाइरसका कारण आजसम्म अन्योल नै छ। जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी सहभागी नहुन निर्देशन दिएको छ। ब्रतालुले आज जिल्ला प्रशासन कार्यालय र भक्तपुर नगरपालिकामा ब्रत तथा मेला निरन्तरताको माग गरेका छन्।

माधवनारायण धलौँ (व्रत) सेवा समिति हनुमानघाटका अध्यक्ष उद्धव खाइतुले सयौँ वर्षदेखिको मेला अन्योलमा परेको र परम्परा रोकिने डर भएपछि मेला सञ्चालन गर्न माग गर्दै प्रशासन र नगरपालिकामा आएको बताए। ब्रत बस्ने सबैले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र ब्रत परम्परा धान्न नौ जनाभन्दा बढी ब्रतालु नबस्ने गरी परम्रपरा चलाउन खोजेको उनले बताए।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले परम्परा र धार्मिक कार्य रोक्ने प्रशासनको मनसाय नभएको तर २५ जनाभन्दा कम सङ्ख्यामा स्वास्थ्य मापदण्ड अपनाएर परम्परा चलाउन सकिने बताए। हरेक वर्ष पौष शुक्ल पूर्णिमाको दिन हनुमानघाटस्थित त्रिवेणमा स्नान गरी, सूर्यलाई अर्घ दिएर माधवनारायणको पूजा गरेपछि सुरु हुने ब्रत माघ शुक्ल पूर्णिमामा सम्पन्न हुने गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved