वरिष्ठ गायक कुमार सुब्बाको निधन

सारङ्गीको तालले मेरो, मेरो सानो मुरली, हे फूल चुँडेर लाने, सम्हालूँ कसरीजस्ता पाँच सयभन्दा बढी चर्चित र मर्मस्पर्शी गीतका सर्जक रहेका उनको शनिबार राति १० बजे उनको निधन भएको हो।

नेपालभ्युज

वरिष्ठ गायक कुमार सुब्बाको निधन

काठमाडौं। वरिष्ठ गायक कुमार सुब्बाको सिलिगुडीमा निधन भएको छ। सारङ्गीको तालले मेरो, मेरो सानो मुरली, हे फूल चुँडेर लाने, सम्हालूँ कसरीजस्ता पाँच सयभन्दा बढी चर्चित र मर्मस्पर्शी गीतका सर्जक रहेका उनको शनिबार राति १० बजे उनको निधन भएको हो।

उनी ७० वर्षका थिए । शनिबार बिहान अचानक हृदयाघात भएपछि सिलिगुडीको न्यूटिया अस्पतालमा उपचारार्थ भर्ना गरिएको र उपचारकै क्रममा निधन भएको छोरी निरन्जना सुब्बाले जनाएकी छन्।

उनी एक दशकअघि मस्तिष्क घातबाट गम्भीर बिरामी परेका थिए। उनको मुटु र मिर्गौलामा समस्या देखिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved