जहाँ ‘चेली तिहार’का रुपमा मनाइन्छ माघी

“घरबाट टाढा टाढा रहेका दिदीबहिनीलाई हरियो पातमा कोसेली पुर्‍याउने चलन छ,” कोइरालाले भने, “चेलीलाई विशेष महत्व दिएर मनाइने भएकाले यो पर्वलाई चेली तिहारका रुपमा मनाइने गरिएको छ।”

नेपालभ्युज

जहाँ ‘चेली तिहार’का रुपमा मनाइन्छ माघी

मान्म। कालीकोटमा फरक शैलीमा माघी पर्व मनाउने गरिन्छ। परापूर्वकालदेखि माघीलाई थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने गरेको भए पनि कर्णालीको कालीकोटमा यो पर्वमा आफ्ना चेलीलाई कोसेली दिएर ‘चेली तिहार’का रुपमा मनाउँदै आएको छ।

माघीका अवसरमा छोरीचेलीहरुलाई हरियो पोकामा कोसेली दिएर ‘चेली तिहार’का रुपमा मनाउने चलन छ। परापूर्वकालदेखि चल्दै आएको ‘चेली तिहार’मा १५ दिनसम्म छोरीचेलीहरुलाई कोसेली दिने गरिन्छ। कोसेलीमा विभिन्न खाद्यान्नका परिकार हुन्छन्।

घरमा ठूलाबडाको आशिर्वाद लिएर मनाइने माघीलाई यहाँ सांस्कृतिक उत्सव, कृषि, पर्यटन तथा बजार प्रबद्र्धन, मेला, महोत्सव र माघी मिलन समारोहको आयोजना गरी पनि मनाउने गरिन्छ।

धार्मिक मान्यताअनुसार माघ महिनालाई पवित्र महिनाका रुपमा लिने गरिएको कर्णाली संस्कृतिका जानकार चन्द्रप्रसाद कोइरालाले बताए।

“कर्णालीमा अन्य ठाउँभन्दा फरक शैलीमा माघी मनाउने चलन छ,” कोइरालाले भने, “धार्मिक मान्यताअनुसार माघ महिनालाई पवित्र महिनाका रुपमा लिएर कर्णालीमा छोरीचेलीलाई कोसेली दिने चलन छ।”

धार्मिक मान्यताअनुसार कर्णालीमा माघ महीनामा कपाल काट्न र खौरिन नहुने, बली दिन नहुने र यस अवसरमा कागको पूजा गर्ने चलन पनि रहेको संस्कृतिक जानकार कोइरालाको भनाइ छ।

“घरबाट टाढा टाढा रहेका दिदीबहिनीलाई हरियो पातमा कोसेली पुर्‍याउने चलन छ,” कोइरालाले भने, “चेलीलाई विशेष महत्व दिएर मनाइने भएकाले यो पर्वलाई चेली तिहारका रुपमा मनाइने गरिएको छ।”

माघलाई पवित्र महीनाका रुपमा मानिने भएकाले कर्णालीमा यो महीना मारकाट पनि गरिँदैन।

यो पर्वका अवसरमा विवाह गरिसकेका दिदीबहिनीका लागि कोसेली छुट्याउने र माघ महीनाभर नै माइतीपक्षले उनीहरुका लागि कोसेली पठाउने गरिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved