माघीले राष्ट्रिय एकता कायम गर्न सहयोग पुर्‍याएको छः मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारले विगत दुई वर्षदेखि माघे संक्रान्तिका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ।

नेपालभ्युज

माघीले राष्ट्रिय एकता कायम गर्न सहयोग पुर्‍याएको छः मुख्यमन्त्री शाही

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले माघी पर्वले नेपालको राष्ट्रिय एकता र सद्भाव कायम गर्न सहयोग पुर्‍याएको बताएका छन्।

थारु समुदायको नयाँ वर्ष ‘माघी’ तथा मगर र अन्य समुदायको माघे संक्रान्ति (मकर संक्रान्ति) पर्वका अवसरमा शुभकामना सन्देश दिँदै शाहीले यो पर्वले सबै धार्मिक समुदायका नेपालीमाझ आपसी सद्भाव, विश्वास, एकता, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

माघे संक्रान्ति एवं माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्र्दै उनले सन्देशमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दो क्रममा रहेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर माघी पर्व मनाउन सबैमा आग्रह गरे।

मुख्यमन्त्री शाहीले सन्देशमा भनेका छन्, ‘मधेसमा थारु र मैथली समुदाय, किराँतले किराँत संवत्का रुपमा निकै सद्भावका साथ यो पर्व मनाउँछन्। आजकै दिन नेवार समुदायमा ‘घ्युचाकु, सैल्हुँ’ नामले यो पर्वलाई मनाइन्छ। मगरले मकर संक्रान्तिका रुपमा मनाउने माघे संक्रान्ति पर्वले सबै धार्मिक समुदायका नेपाली माझ आपसी सद्भाव, विश्वास, एकता, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउने विश्वास लिएको छु।’

कर्णाली प्रदेश सरकारले विगत दुई वर्षदेखि माघे संक्रान्तिका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved