अमेरिकामा भूकम्प भविष्यवाणी गर्ने प्रविधि आविष्कार

नेपालभ्युज

अमेरिकामा भूकम्प भविष्यवाणी गर्ने प्रविधि आविष्कार

भूगर्भशास्त्रीको दशकौंको प्रयास र असफलतापछि, लस अलामोस राष्ट्रिय प्रयोगशालामा भूभौतिकविद् डा पल जोन्सनको टोलीले भूकम्पको भविष्यवाणी गर्न सक्ने उपकरणको विकास गरेको छ।

भाषणलाई पाठमा रूपान्तरण गर्नेदेखि क्यान्सर पत्ता लगाउने मेसिन लर्निङ प्रविधिहरू अहिले भूकम्प विज्ञानमा लागू भइरहेका छन्। डा जोन्सनले मेसिन लर्निङ प्रणालीलाई तालिम दिनका लागि भूकम्पसम्बन्धी १० चक्रको डेटा आवश्यक रहेको बताए। उदाहरणका लागि, क्यालिफोर्नियाको सान एन्ड्रियास फल्टले हरेक ४० वर्षमा ठूलो भूकम्प उत्पन्न गर्न सक्छ।

तर यो बुझ्नका लागि, पर्याप्त उपयोगी डाटा विगत २० वर्षको लागि मात्र उपलब्ध छ। यसमा डा जोन्सन र उनको टोलीले २०१७ मा अलग खालका गतिविधिहरू जस्तैः (स्लो मोशन घटना, जसलाई साइलेन्ट भूकम्प पनि भनिन्छ) मा लागू गरेका थिए। जहाँ भूकम्प सामान्यतया केही सेकेन्डमा समाप्त हुन्छ। तर मौन भूकम्पले घण्टा, दिन वा महिनौं पनि लिन सक्छ। यो मेसिन लर्निङ परिप्रेक्ष्यबाट राम्रो हुने र यसले ठूलो मात्रामा डाटा दिने बताइएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार विगत एक दशकमा विश्वभर भूकम्पका कारण ४५ हजारभन्दा बढीको मृत्यु भएको छ । जसमा सन् २०११ को जापानको भूकम्प, २०१५ को नेपालको भूकम्प र सन् २०१८ को इन्डोनेसियाको भूकम्प समावेश छ। यदि उनीहरूको बारेमा भविष्यवाणी गर्न सम्भव भएको भए यी ४५ हजारको ज्यान बचाउन सकिन्थ्यो भन्ने विज्ञहरूको विश्वास छ।

प्रयोगशालाका भूकम्पहरू लघु भूकम्पहरू हुन्। जुन प्रयोगशालामा काँचको मोतीहरूमा हल्का दबाबबाट उत्पन्न हुन्छन्। टोलीले सिमुलेशन (कम्प्युटर मोडेल) पनि तयार गरेको छ, जसले यी चालहरू क्याप्चर गर्न सक्षम छ भनिएको छ।

भाष्कारबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved