कोभिड नियन्त्रणमा सबैको सहयोग आवश्यक छ : मुख्यमन्त्री राई

कोभिड नियन्त्रणमा सबैको सहयोग आवश्यक छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ सरकारले कोभड–१९ सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा आज राजनीतिक दलसँग प्रदेशस्तरीय सर्वदलीय सर्वपक्षीय छलफल गरेको छ। मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा मुख्यमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको वैठकले रोगविरुद्ध जनचेतना बढाउन र आवश्यक तयारी गर्न छलफलको आयोजना गरिएको हो।

मुख्यमन्त्री राईले कोभड–१९ सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि राजनीतिक दलको सहयोगको खाँचो देखिएकाले कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे। उनले कोभिड नियन्त्रणमा राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने बताए।

“सरकारको प्रयासमा दलले साथ दिए कोभिडविरुद्ध तय गरिएका योजना सफल हुन सक्छन्”, मुख्यमन्त्री राईले भने। उनले प्रदेशमा खोपको पर्याप्त व्यवस्था भए पनि पछिल्लो समय खोप लगाउन आउने सङ्ख्यामा कमी आएकोले राजनीतिक दललाई यसप्रति जागरण पैदा गरिदिन अपिल गरे।

कोरोनाको तेस्रो लहरमा सकेसम्म लकडाउनको अवस्था आउन नदिनेगरी तयारी गर्नुपर्ने उनले बताए। मुख्यमन्त्री राईले लकडाउनले जनताको दैनिकी, रोजीरोटीसहित मुलुकको अर्थतन्त्र चौपट हुनेतर्फ सरकार सम्वेदनशील रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved