हिसान क्रिकेटको उपाधि कोशी क्याम्पसलाई

नेपालभ्युज

हिसान क्रिकेटको उपाधि कोशी क्याम्पसलाई

काठमाडौं। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) मोरङले आयोजना गरेको हिसान क्रिकेटको उपाधि कोशी क्याम्पस जितेको छ। विराटनगर–१९ मा रहेको वैजनाथ अन्तर्राष्ट्रिय क्रिकेट मैदनामा आज भएको फाइनल खेलमा अरनिको कलेजलाई आठ विकेटले पराजित गरी कोशीले उपाधि जितेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा सबै विकेट गुमाई १०२ रनको बनाएको थियो भने कोशीले १७ ओभरमा दुई विकेट गुमाई लक्ष्य पूरा गरी विजयी भएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी अरनिकोका अङ्कित मण्डल घोषित भएका छन् भने उत्कृष्ट बलर अरिनिकाकै अविशेक बराल र उत्कृष्ट ब्याट्सम्यान कोशीका रोहन विक घोषित भए।

२४ पुसदेखि शुरु भएको उक्त क्रिकेट प्रतियोगितामा हिसानमा आबद्ध १३ कलेजको सहभागिता रहेको थियो। हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, मोरङ अध्यक्ष राजेश कार्की, वरिष्ठ उपाध्यक्ष अमित ढकाल र सल्लाहकार ज्ञानबहादुर खड्कालगायत विजेता तथा उपविजेतालगायत अन्य खेलाडीलाई पुरस्कार तथा ट्रफि वितरण गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved