सुनिल शर्मालाई सिंहदरबारभित्रै विद्यार्थीले दले कालोमोसो

नेपालभ्युज

सुनिल शर्मालाई सिंहदरबारभित्रै विद्यार्थीले दले कालोमोसो

काठमाडौं । सिंहदरबार परिसरभित्रै काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले कालोमोसो दलेका छन्।

शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमै सोही कलेजमा अध्ययनरत विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन्। पाँच जनाको समूहमा रहेका विद्यार्थीले विद्यार्थीले कालोमोसो दलेका हुन्।

कालोमोसो दल्ने पाँच जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved