इन्डिया ओपनमा पिबी सिन्धुलाई सफलता

नेपालभ्युज

इन्डिया ओपनमा पिबी सिन्धुलाई सफलता

नयाँ दिल्ली। भारतकी अनुभवी महिला ब्याडमिन्टन खेलाडी पिबी सिंधु इण्डिया ओपन  २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेकी छन्। बिहिबार नयॉं दिल्लीस्थित केडी जाधव इण्डोर हलमा सिंधुले ३० मिनटसम्म चलेको दोस्रो चरणको खेलमा इरा शर्मालाई २१-१०, २१-१० को सेटमा हराएर अघिल्लो चरणमा प्रवेश गरिन्।

दुईपल्टकी ओलम्पिक पदक विजेता पीवी सिंधुले यसअघि आफ्नो पहिलो म्याचमा श्रीकृष्ण प्रिया कुदारावल्लीलाई केवल २७ मिनेटमा २१-५ र २१-१६ ले हराएकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved