ठाकुरराम बहुमुखी क्याम्पसमा बीआईटी अध्यापन हुने

नेपालभ्युज

ठाकुरराम बहुमुखी क्याम्पसमा बीआईटी अध्यापन हुने

पर्सा। ठाकुरराम बहुमुखी क्याम्पसमा प्राविधिक कक्षाका रूपमा यो वर्षबाट बीआईटीको पढाइ हुने भएको छ। त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानको सेमेष्टर परीक्षा प्रणालीअनुसार चारवर्षे स्नातक तह (बीआईटी) को पढाइ गर्न स्वीकृति दिएपछि वीरगन्जको ठाकुरराम क्याम्पसमा पनि अब प्रविधिमैत्री पढाइ हुने भएको हो।

पहिलो वर्ष २०७८ का लागि ३६ जना विद्यार्थीको कोटा रहेको ठाकुरराम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख उमेश चौरसियाले बताए। समय प्रविधिमैत्री बन्दै गएकोले ठाकुरराम क्याम्पसले पनि यो कक्षा सञ्चालन गर्न लागिरहेको उनले बताए।

पूर्वाधार तयारी अगाडि बढिसकेको र आगामी माघ ३ गतेदेखि पढ्न इच्छुक विद्यार्थीले अनलाइन आवेदन भर्न सक्ने क्याम्पसको आइटी विभागका शिक्षक आलोक चौरसियाले बताए। त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पसहरूमा सेमेष्टर परीक्षा प्रणालीअन्तर्गत ग्रेडिङ प्रणालीअनुसार पठनपाठन हुने उनको भनाइ छ।

चारवर्षे स्‍नातक तह ‘ब्याच्लर इन इन्फर्मेशन टेक्नोलोजी’ ९बीआईटी० कार्यक्रममा भर्ना हुन इच्छुक विद्यार्थीहरूले २०७८ को लागि आवेदन दिन सकिने क्याम्पसका बीआईटी विभागका प्रमुख विजय कुशवाहाले बताए।
फारम भर्ने अन्तिम मिति आगामी माघ २६ गते साँझ ५ बजेसम्म रहने प्रमुख कुशवाहाले बताए। नजिक हुने विद्यार्थीहरूले क्याम्पसमै आएर पनि फारम भर्न थप प्रष्ट हुन सक्ने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved