कर्मचारी सञ्चय कोषका कारण हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर असफल

नेपालभ्युज

कर्मचारी सञ्चय कोषका कारण हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर असफल

काठमाडौं। हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर प्रक्रिया अन्तिम समयमा आएर भाँडिएको छ।

हिमालयन बैंकको आज ९पुस ३० गते० को साधारणसभामा १४५ सेयर हिस्सा रहेको सरकारी संस्था-कर्मचारी सञ्चय कोषले नेपाल इन्भेष्टमेन्ट बैकसँग मर्जरमा जाने विपक्षमा भोट दिएपछि एकाएक मर्जर प्रकृया भाँडिएको हो। सभाले इन्भेष्टमेन्टसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेसँगै मर्जर असफल भएको हो।

दुई बैंकबीच मर्जर गर्ने भन्दै हिमालयनले सभामा मर्जरका लागि विशेष प्रस्ताव पेश गरेको थियो। मर्जरको लागि विशेष प्रस्ताव स्वीकृत हुनका लागि कम्तिमा ७५५ सेयरधनीले उक्त प्रस्ताव स्वीकृत गर्नुपर्ने कानुनी प्राबधान रहेको छ। हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकले गत वैशाखमा मर्जरमा जाने सहमति गरेका थिए। दुवै बैंक १ः१ को अनुपातमा मर्ज हुने सहमति भएको थियो।

मर्जर प्रक्रिया भाँडिएसँगै अब दुवै बैंकले नयाँ पार्टनर खोज्नुपर्ने भएको छ। मर्ज प्रक्रियामा सहमति भएसँगै दुवै बैंकको सेयर कारोबार २०७८ वैशाख ३१ गतेदेखि रोक्का थियो।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved