एन्फाको निर्णय: रंगशालामा फुटबल हेर्न खोप कार्ड अनिवार्य

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता भइरहेको दशरथ रंगशालामा अब खेल हेर्न रंगशाला प्रवेश गर्न काेराेना खाेप लगाएकाे कार्ड साथमा हुनु अनिवार्य भएकाे छ।

नेपालभ्युज

एन्फाको निर्णय: रंगशालामा फुटबल हेर्न खोप कार्ड अनिवार्य
काठमाडौं। अखिल नेपाल फुटबल संघ, एन्फाले दशरथ रंगशालामा प्रवेश गर्न कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गर्ने भएको छ।
शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता भइरहेको दशरथ रंगशालामा अब खेल हेर्न रंगशाला प्रवेश गर्न कोरोना खोप लगाएको कार्ड साथमा हुनु अनिवार्य भएको छ।
पछिल्लो समय देशभर कोरोना संक्रमण बढेसँगै एन्फाले खेल गतिविधिमा संलग्न हुनका लागि सरकारले जारी गरेको मापदण्डअनुसार कोरोना खोप कार्ड अनिवार्य गरिएको जनाएको छ।
लिगअन्तर्गत आजदेखि नवौँ चरणका खेलहरु शुरु हुँदैछन्।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved