९० वर्षीया वृद्धामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा ३३ वर्षीय युवकमाथि मुद्दा

अभियोजनकर्ताहरुका अनुसार ३३ वर्षीय इराकी मुन्थर अल एलले वृद्धालाई शौचालय जाने क्रममा निर्दयी ढंगले दुर्व्यवहार गरेका थिए।

नेपालभ्युज

९० वर्षीया वृद्धामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा ३३ वर्षीय युवकमाथि मुद्दा
सांकेतिक तस्वीर

बगदाद। इराकका एक पुरुषले जर्मनीको एउटा अस्पतालको शौचालयमा ह्विलचेयरमा बस्ने वृद्धालाई यौन दुर्व्यवहार गरेका छन्।

९० वर्षीया वृद्धामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ती युवकमाथि मुद्दा चलाइएको हो।

अभियोजनकर्ताहरुका अनुसार ३३ वर्षीय इराकी मुन्थर अल एलले वृद्धालाई शौचालय जाने क्रममा निर्दयी ढंगले दुर्व्यवहार गरेका थिए।

एलमाथि ‘शारीरिक रुपमा हानि गर्ने उद्देश्यसहित’ बलात्कार गरेको अभियोग लागेको छ।

तर, एलले आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन्। बरु बृद्धालाई अस्पताल लैजान सहयोग गरेको बताएका छन्।

लिली एफ नाम गरेकी ती एकल महिला ड्रेसडेन फ्राइडरिचस्टाड अस्पतालको आपतकालीन कक्षमा एक्स–रेका लागि पर्खिरहेकी थिइन्।

लिली एफ सेवानिवृत्त बस्ने एउटा घरमा बस्दै आएकी थिइन्। भुइँमा ढलेपछि उनी एक्स–रे गर्न भन्दै अस्पताल पुगेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved