६ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गर्नेलाई जन्मकैद

नेपालभ्युज

६ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गर्नेलाई जन्मकैद

रसुवा। जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत रसुवाले एक युवालाई जन्मकैद फैसला सुनाएको छ। नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चले घर भई रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बस्दै आएका २१ वर्षीय यमप्रसाद भट्टराईलाई उक्त सजाय दिइएको हो।

जिल्ला अदालतका न्यायाधिश राजेन्द्र नेपालको एकल इजलासले उक्त फैसला सुनाएको तहसिलदार गोपी विश्वकर्माले जानकारी दिए। भट्टराईले ६ वर्षीया बालिकालाई गत वर्ष माघमा जबर्जस्ती करणी गरेका थिए।

उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा १ र २ तथा उपदफा ३ को (क) बमोजिम दोषी ठहर गरिएको हो। भट्टराईलाई जन्मकैदका साथै ६ लाख जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved