ॐ हस्पिटल र नबिल बैंकबीच सहुलियत सेवा सम्झौता

सम्झौताअनुसार अब नबिल बैंकका ग्राहक, कर्मचारी तथा परिवारजनले ॐ हस्पिटलमा उपलब्ध सम्पूर्ण सेवाहरुमा विशेष छुट पाउने छन्।

नेपालभ्युज

ॐ हस्पिटल र नबिल बैंकबीच सहुलियत सेवा सम्झौता

काठमाडौं। काठमाडौंको चावहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र नबिल बैंक लिमिटेडबीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ।

नबिल बैंकको प्रधान कार्यालयमा बिहीबार आयोजित एक संक्षिप्त कार्यक्रममा बैंकका ग्राहक कर्मचारी तथा परिवारजनलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सो सम्झौता भएको हो।

सम्झौतापत्रमा ॐ अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरे।

सम्झौताअनुसार अब नबिल बैंकका ग्राहक, कर्मचारी तथा परिवारजनले ॐ हस्पिटलमा उपलब्ध सम्पूर्ण सेवाहरुमा विशेष छुट पाउने छन्।

बैंकका ग्राहकले सो छुट बैंकको प्रिपेड, डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी अस्पतालको सेवाको बिल भुक्तानी गर्दा पाउन सक्नेछन्।

त्यसैगरी, नबिल बैंकले हस्पिटलका चिकित्साकर्मी तथा कर्मचारीहरुका लागि आफ्नो बैंकिङ सेवा सहज र सरल रुपमा उपलब्ध गराउने छ।

नबिल बैंकले आफ्ना १३५ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ। बैंकको देशभर १८७ वटा एटीएम सञ्चालनमा छन्।

नेपालमा निजी क्षेत्रबाट सञ्चालित ॐ हस्पिटलले विसं २०४६ सालदेखि निरन्तर रुपमा विशिष्टिकृत स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ।

३६ ओटा विभिन्न विभागहरु मार्फत १०० जना विशेषज्ञ चिकित्सक, २५० जनाभन्दा बढी नर्सिङ स्टाफ तथा प्राविधिक तथा प्रशासनिक जनशक्ति २२५ जनाभन्दा बढी कर्मचारीहरु सहितको विश्वस्तरिय उपचार सेवा प्रदान गर्दै आएको छ।

नेपालमा सन्तानविहीन दम्पतिहरुका लागि आइभिएफ सेवा (टेष्ट ट्युव बेबी) शुरु गर्ने पहिलो अस्पतालका रुपमा स्थापित यस अस्पतालबाट एक हजारभन्दा बढी दम्पतिहरुले वात्शल्य सुख प्राप्त गरिससकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved